
काठमाडौं, ६ जेठ । बाँकेको विभिन्न अस्पतालमा उपचाररत थप १० जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
बुधबार ५ बजे साँझदेखि बिहीबार बिहान साढे १ बजेसम्म यी संक्रमितको मृत्यु भएको छ।
जिल्लास्तरीय कोरोना संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज ओलीका अनुसार मृतक मध्ये ४-४ जना बाँके र बर्दिया, १–१ जना दाङ र कैलालीका छन् ।
भेरी अस्पतालमा उपचाररत डुडुवा गाउँपालिका(५ बाँकेकी २८ वर्षीया महिलाको बुधबार साँझ ५ बजे, खजुरा गाउँपालिका, ३ बाँकेकै ८५ वर्षीय पुरूषको बुधबार साँझ ५: ४५ बजे, जानकी गाउँपालिका, ३ की ४४ वर्षीया महिलाको बिहीबार विहान ८: ४५ बजे र राप्तिसोनारी गाउँपालिका, ६ बाँकेकै ५४ वर्षीय पुरुषको बिहीबार १: २० बजे नेपालगञ्ज मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको छ ।
यस्तै भेरी अस्पतालमै उपचाररत बासगढी नगरपालिका, ४ बर्दियाका ४२ वर्षीय पुरूषको बुधाबार साँझ ६: ३० बजे, बढैयाताल गाउँपालिका, ८ बर्दियाका ४५ वर्षीय पुरूषको बुधबार राति ८: ३० बजे, गुलरिया नगरपालिका, ४ बर्दियाकी ६१ वर्षीया महिलाको बिहीबार विहान १: १५ बजे र बढैयाताल गाउँपालिका, ५का ४० वर्षीय पुरूषको बिहीबार विहान ९: ५५ बजे मृत्यु भएको छ।
भेरी अस्पतालमा उपचाररत तुलसीपुर उपमहानगरपालिका ३, दाङका ६५ वर्षीय पुरुषको बुधबार साँझ ७: ३० बजे र घोडाघोडी नगरपालिका(४, कैलालीका ४५ वर्षीय पुरूषको बिहीबार विहान १ बजे मृत्यु भएको छ ।
योसँगै कोरोना संक्रमणबाट बाँके जिल्लाभित्रका २५७ पुगेको छ भने अन्य जिल्ला बाहिरका २१५ जना कोरोना संक्रमतिको उपचारका क्रममा मृत्यु भएको छ ।