कोरोना विरुद्धको खोप उपलब्ध गराइदिन प्रधानमन्त्रीद्वारा बेलायतसँग आग्रह

दियो पोस्ट  

काठमाडौं, ६ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले बेलायतसँग अष्ट्राजेनिकाले उत्पादन गरेको कोरोना भ्याक्सिन उपलब्ध गराइदिन अनुरोध गरेका छन् ।

नेपालका लागि बेलायती राजदूत निकोला पोलाइटिले आन सिंहदरवारमा गरेको शिष्टाचार भेटका क्रममा प्रधानमन्त्रीले सो अनुरोध गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

भेटमा कोरोना विरुद्धको लडाइँमा परस्पर सहयोगका आदानप्रदान बारे पनि छलफल भएको थियो ।

सिफारिस