राष्ट्रिय सभा निर्वाचनमा गृहमन्त्री बादललाई हराउँदै खिमलाल देवकोटा निर्वाचित !

दियोपोस्ट संवाददाता

काठमाडौं, ६ जेठ । राष्ट्रियसभा सदस्यमा डा. खिमलाल देवकोटा विजयी भएका छन् । भरतपुर महानगरपालिकाका मेयर रेणु दाहालका अनुसार देवकोटाले ५ हजार ८८ मतभार सहित विजय हासिल गरेका हुन् ।
नेकपा एमालेको माधव नेपाल समुहबाट उम्मेदवार बनेका उनी गृहमन्त्री राम बहादुर थापा बादलसँग निर्वाचनमा भिडन्तमा उत्रिएका थिए ।
आजै गृहमन्त्रीबाट पदमुक्त भएका राम बहादुर थापा बादल राष्ट्रियसभामा समेत पराजित भएका छन् ।

सम्बन्धित खबर