सके मलाई हटाउ,नसके मेरो नेतृत्वमा राष्ट्रिय सरकार बनाऊँ : ओली

दियोपोस्ट संवाददाता

काठमाडौं, ७ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले विपक्षीहरूलाई वैकल्पिक सरकार बनाउन चुनौती दिएका छन् ।

वैकल्पिक सरकार बने आफू प्रतिपक्षमा बसेर सरकारलाई रचनात्मक सहयोग गर्न तयार रहेको समेत बताएका छन् ।

‘वैकल्पिक सरकार बनाए भयो नी , वैकल्पिक सकार बने म स्वागत गर्छु,’ बालुवाटारमा सम्पादकहरूसँगको अन्तरक्रियामा ओलीले भने ।

ओलीले आफूले आजै कांग्रेस सभापति शेबहादुर देउवालाई फोन गरेर राष्ट्रिय सरकार मिलेर बनाउन आग्रह गरेको बताए ।

‘आज बिहान मैले शेरबरहादुर देउवालाई फोन गरेर भनेँ( तपाईँहरू सरकार बनाउनुहोस् । होइन, भने आउनुहोस् मेरो नेतृत्वमा राष्ट्रियस सरकार बनाउँ ’ उनले भने ।

ओलीले आफूलाई सर्मथन गरे संसद विघटन नहुने समेत बताए ।

सम्बन्धित खबर