राष्ट्रपति र प्रधानमन्त्रीको कदमविरुद्ध १३ रिट सर्वोच्चमा

दियो पोस्ट  

काठमाडौं, ७ जेठ । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी ओलीको कदम बिरुद्ध १३ वटा रिट सर्वोच्चमा पुगेको छ ।

विश्वासको मत प्राप्त हुने दह्रो आधार नदेखिएको भन्दै प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले संविधानको धारा ७६ को उपधारा (५) बमोजिम बैकल्पिक सरकार बनाउनका लागी दावी गर्न आग्रह गरेकी छिन् ।

कानुन व्यवसायीहरुले सो कदम असंवैधानिक भनेका छन् । सो कदम सच्याउनुपर्ने माग गर्दै अधिवक्ताहरूले सर्वोच्चमा रिट लिएर गएका हुन् ।

रिट हाल्नेमा अधिवक्ता वीरभद्र जोशी र सन्तोष भण्डारी सहित छन् ।

सिफारिस