गगनको जावफ : ‘राष्ट्रपतिलाई तिमी भनेकोमा खड्ग ओलीलाई चित्त दुखेछ, बिचरा !’

दियो पोस्ट  

काठमाडौं, ८ जेठ । कांग्रेस सभापति शेर बहादुर देउवाले राष्ट्रपति विद्यादेवि भण्डारीलाई तिमी भनेको भन्दै प्रधानमन्त्री केपी ओलीले चित्त दुखाई सार्वजनिक भइसकेको छ ।


ओलीले बालुवाटारमा आयोजित एक कार्यक्रममा ‘शेरबहादुर देउवाले राष्ट्रपतिलाई तिमी भनेको भन्दै आपत्ति जनाएका थिए । तर, ओलीको भनाईमाथि कांग्रेस नेता गगन थापाले कडा टिप्पणी गरेका छन् । उनले सामाजिक सञ्जालबाटै ओलीको भनाईको टिप्पणी गरेका हुन् ।


‘राष्ट्रपतिलाई तिमी भनेकोमा खड्ग ओलीलाई चित्त दुखेछ,बिचरा ! गणतन्त्रमा सम्मान दर्जाले होइन कामले आर्जन गर्ने हो कमरेड,’ थापाले आश्चर्य प्रकट गर्दै लेखेका छन्,‘“सम्माननीय राष्ट्रपति“बाट तपाईं हुँदै तिमीमा कसले ओरालेको ? आफ्नै कर्म र प्रवृत्तिले विद्या भण्डारीलाई सम्मानको शिखरमा अडिन नसकेर ओरालेको हो ।’

सिफारिस