काठमाडौँ, ८ जेठ । दिउँसो भारतीय दुतावासमा प्रवेश गरेका जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर तथा संसदीय दलका नेता राजेन्द्र महतो प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार प्रवेश गरेका छन् ।
शनिबार बेलुकी उनीहरु दुई जना बालुवाटार प्रवेश गरेका हुन् । स्रोतका अनुसार भारतीय दूतावासमा भएको कुराकानीको रिपोर्टिङका लागि उनीहरु दुई जना प्रधानमन्त्रीलाई भेट्न निवास बालुवाटार प्रवेश गरेका हुन् ।
पछिल्लो समय दुई नेता ठाकुर र महतोले ओलीलाई सहयोग गर्दै आएका छन् ।