कसले छ्याप्यो राष्ट्रपति विद्या भण्डारी र प्रधानमन्त्री खड्क प्रसाद ओलीको अनुहारमा गोबर !

दियो पोस्ट  

काठमाडौँ, ९ जेष्ठ– नेपाल विद्यार्थी संघले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको तस्विरमा गोबर उपहार पठाएका छन ।

‘ओली–विद्या गठबन्धन’ ले मध्यरातमा संविधानको चीरहरण गरेको विरोधमा सांकेतिक विरोध स्वरुप उनीहरुलाई गोबर उपहार पठाइएको नेविसंघले जनाएको छ ।

बानेश्वरमा राष्ट्रपति र प्रधानमन्त्रीको तस्बिरमा गोबर लत्पत्याएर विरोध जनाउने क्रममा प्रहरीले हस्तक्षेप गरेको छ । प्रहरी हस्तक्षेपमा नेवि संघका नेता नवराज त्रिपाठीलाई प्रहरीले पक्राउ गरेको छ ।

निषेधाज्ञाकै बीच नेवि संघले हिजो शनिबारदेखि नै आन्दोलन शुरु गरेको छ । राष्ट्रपति भण्डारीले शुक्रबार प्रतिनिधि सभा विघटन गरेकी थिइन् ।

सिफारिस