शीतलनिवास अगाडि राष्ट्रपतिविरुद्ध प्रदर्शन

दियो पोस्ट  

काठमाडौं, ९ जेठ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले दोस्रो पटक असंवैधानिक रुपमा संसद विघटन गरेको भन्दै विद्यार्थी संगठन विरोध प्रदर्शनमा उत्रिएको छ ।

नेपाली काँग्रेसनिकट नेविसंघका विद्यार्थीहरुले आइतबार राष्ट्रपति भवन शीतलनिवास अगाडि प्रदर्शन गरेका हुन् ।

तीन जनाको संख्यामा पुगेका विद्यार्थीहरुलाई प्रहरीले पक्राउ गरेको छ ।