काठमाडौं, ९ जेठ । नेपाली कांग्रेस निकट नेपाल ट्रेड युनियन कांग्रेसले अर्थमन्त्री विष्णु पौडेललाई १८ बुँदे माग अघि सारेको छ । कोरोना सरकारले संसद छलेर अध्यादेश मार्फत बजेट ल्याउने तयारी गरिरहँदा ट्रेड युनियन कांग्रेसले अर्थमन्त्री पौडेललाई मजदुरका लागि १८ बुँदे माग अघिसारेको हो ।
‘स्वास्थ्य, सुरक्षाको लागि हाल देखिएको औषधि उपचार, अक्सिजन, वेड , आई. सि. यु. र भेन्टिलेटर लगायतको अभाव व्यवस्थापनको अतिरिक्त श्रमिकको आय, रोजगार र सामाजिक सुरक्षाको सुनिश्चितता अहिलेको प्रमुख आवश्यकता भएकोले बजेट यिनै दिशामा केन्द्रीत हुनेछ भन्ने बिश्वास यस महासंघले लिएको छ,’ अध्यक्ष पुष्कर आचार्यद्वारा हस्ताक्षेरित मागपत्रमा भनिएको छ,‘यथार्थतालाई दृष्टिगत गरी बिकास बजेट खर्च गर्ने क्षमताको बिकास, भष्ट्राचार न्युनीकरण, खर्चको मितब्ययिता जस्ता सुशासनका आधारहरू तय गरी बजेटको प्रमुख अंश सबैकालागि कोभिड भ्याक्सिनको निशुल्क व्यवस्थापन र रोजगारी लक्षित कार्यक्रममा बिनियोजन गर्ने गरी आगामी बजेट निर्माण हुनु पर्छ भने महासंघको माग रहेको छ ।’
यस्ता छन् मागहरु