काठमाडौं, ९ जेठ । प्रधानमन्त्री खड्क प्रसाद ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवि भण्डारीले अवैधानिक रुपमा संसद विघटन गरेपछि विपक्षी दल नेपाली कांग्रेस आन्दोलित बनेको छ ।
धादिङ कांग्रेसले पनि विभिन्न स्थानमा जुलुश तथा प्रदर्शन गरेको छ । नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दलको क्षेत्रिय समितिले गजुरीमा राँके जुलुश प्रदर्शन गरेको हो ।
‘केपी तेरो पाराले दुख पाए साराले, अक्सिजनको व्यवस्थापन गर, सर्वसत्तावादी केपी ओली मुर्दावाद जस्ता नारा लगाएका उनीहरुले ओलीको पुत्ला दोहनगरेको कांग्रेस सिद्धलेक सभापति रमेश विश्वकर्माले बताए ।
राष्ट्रपति भण्डारीले गत शुक्रबार संसद विघटन गरेकी थिइन् ।