धादिङमा प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारीको ‘कु’ को विरुद्ध वाइसिएलको राँके जुलुश
काठमाडौं, ९ जेठ । प्रधानमन्त्री खड्क प्रसाद ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवि भण्डारीले अवैधानिक रुपमा संसद विघटन गरेपछि विपक्षी मोर्चा आन्दोलनमा उत्रिएको छ । प्रतिपक्षी दल नेपाली कांग्रेसले राजधानीमै राँके जुलुशदेखि राष्ट्रपति कार्यालयसम्म प्रदर्शन गरिरहेको छ ।
धादिङमा पनि माओवादी केन्द्रको भातृ संगठन योङ्ग कम्युनिस्ट लिग नेपाल वाइसिएलले राँके जुलुश गरेको छ । आइतबार धादिङवेशीस्थित फिल्महल चोकमा राँके जुलुश गरिएको हो । अध्यक्ष राजाराम रिजालका अनुसार सामाजिक दूरी कायम गरेर राँके जुलुश प्रदर्शन गरिएको थियो ।