काठमाडौं, ९ जेठ । वीर अस्पतालले भेन्टिलेटर खरिदको ठेक्का खोलेको छ । सार्वजनिक खरिद ऐन विपरित उपप्रधानममन्त्री ईश्वर पोखरेलको पुत्र स्वराज पोखरेलको अदृष्य लगानी रहेको म्याक्सिम इन्कर्पोरेशन ट्रेडर्स नामक कम्पनिलाई खरिद गर्ने जिम्मा लगाएको विषय सार्वजनिक भएपछि चौतर्फी विरोध भएको थियो ।
दियोपोस्टले उक्त खबर छापेपछि राष्ट्रिय स्तरमा टेलिभिजन र अन्य सञ्चार माध्यमले समेत खबर छापेका थिए ।
समाचार छापिएपछि विवादित बनेका चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान न्याम्सका उपकुलपति डिएन साहले नै कमिशनको लोभमा प्रतिष्पर्धा बिनै ठेक्का दिने सेटिङ मिलाएका थिए । तर, वीर अस्पतालका इमान्दार कर्मचारीको चर्को विरोध र सञ्चार माध्यमले समेत खबर छापेपछि आइतबारको कान्तिपुर दैनिकमा टेन्डर आह्वान गरिएको हो ।
सार्वजनिक खरिद नियमावली २०६४ काे नियम १४५ बमाेजिम बिशेष परिस्थितीमा ठेक्का आह्वान गरिएको हो ।
करिब ५ करोड बराबरको भेन्टिलेटर र मनिटर खरिदको लागि ठेक्का आह्वान गरिएको हो ।