सर्वोच्चबाटै देउवालाई प्रधानमन्त्री बनाउन विपक्षीको माग

दियो पोस्ट  

काठमाडौं, १० जेठ । विपक्षी गठबन्धनका नेताहरुले काँग्रेस सभापति शेरबहादुर देउवालाई सर्वोच्च अदालतबाटै प्रधानमन्त्री नियुक्तिका लागि परमादेश जारी हुनुपर्ने माग गरेका छन् ।

सर्वोच्च अदालतमै बहुमत प्रस्तुत गरेर देउवालाई प्रधानमन्त्री बनाउने मागसहितको रिट विपक्षी गटबन्धनले तयार पारेका छन् ।

परमादेशमार्फत देउवालाई प्रधानमन्त्री घोषणा गर्न माग गरिएको रिटमा बहुमत सांसदहरुको हस्ताक्षर जुटाएर सर्वोच्च अदालतमै सांसदहरु सशरीर उपस्थित हुँदैछन् ।

यसका लागि सिंहदरबारमा भेला भएर सांसदहरु सर्वोच्च अदालत जान लागेका हुन् ।

संविधानको धारा ७६ (३) अनुसार नियुक्त, भएका प्रधानमन्त्री ओलीले बहुमत जुटाउन नसकेको भन्दै राष्ट्रपतिकहाँ सिफारिस गरेको र राष्ट्रपतिले धारा ७६ (५) अन्तरगतको सरकार गठनका लागि आह्वान गरिसकेको अवस्थामा केपी ओलीको बैधानिकता समाप्त भएको रिटमा जिकिर गरिएको विपक्षी नेताहरुले बताएका छन् ।