काठमाडौं, १० जेठ। नेकपा एमालेको ओली समुहले सुदुरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । सोमबार बालुवाटारमा बसेको स्थायी समिति बैठकले सुदुरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टलाई दिएको समर्थन फिर्ता लिएको हो ।
भट्टले अब प्रदेशसभामा ३० दिन भित्र विश्वासको मत लिनुपर्नेछ । माओवादी केन्द्रबाट प्रतिनिधित्व गरेका उनी केन्द्रीय राजनीतिक टकराबको शिकार बनेका छन् ।