बाँकेमा थप १० जना संक्रमितको मृत्‍यु

दियोपोस्ट संवाददाता

काठमाडौं, ११जेठ । बाँकेका विभिन्न अस्पतालमा उपचाररत १० जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

सोमबार ३ ; ५० बजे दिउँसोदेखि मंगलबार बिहान ६ ; ३० बजेसम्म यी संक्रमितको मृत्यु भएको छ।

जिल्लास्तरीय कोरोना संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज ओलीका अनुसार मृतक मध्ये ५ जना बाँके, ३ जना दाङ र २ जना बर्दियाका छन् ।

नेपालगञ्‍ज मेडिकल कलेजमा उपचाररत बैजनाथ गाउँपालिका, ४ बाँकेका ३८ वर्षीया महिलाको सोमबार दिउँसो ३ ; ५० बजे र कोहलपुर नगरपालिकाका ४७ वर्षीय पुरुषको सोमबार साँझ ६ बजे मृत्यु भएको छ ।

यस्तै भेरी अस्पतालमा उपचाररत नेपालगञ्‍ज उपमहानगरपालिका, १८ की ८५ वर्षीया महिलाको सोमबार साँझ ६ ; २० बजे, कोहलपुर नगरपालिका, १० बाँकेकै ७१ वर्षीय पुरूषको मंगलबार विहान ५ ; ४० बजे र खजुरा गाउँपालिका, ४ बाँकेकी ३२ वर्षीया महिलाको मंगलबार विहान ६ ; ३० बजे मृत्‍यु भएको छ ।

यस्तै भेरी अस्पतालमै उपचारका क्रममा तुलसीपुर उपमहानगरपालिका, ८ दाङका ५६ वर्षीय पुरूषको सोमबार दिउँसो ४ ; ३० बजे र तुलसीपुर उपमहानगरपालिका, १२ दाङकी ४० वर्षीया महिलाको सोमबार राति ९ ; १० बजे मृत्‍यु भएको छ भने घोराही उपमहानगरपालिका, १८ का ५१ वर्षीय पुरूषको नेपालगञ्ज मेडिकल कलेजमा उपचारको क्रममा मंगलबार विहान २ ; १५ बजे मृत्‍यु भएको छ ।

यस्तै बाँसगढी नगरपालिका(३ बर्दियाका ६५ वर्षीय पुरूषको नेपालगञ्‍ज मेडिकल कलेजमा उपचारको क्रममा सोमबार राति १० बजे मृत्‍यु भएको छ भने बढैयाताल गाउँपालिका, ६ बर्दियाकी ६० वर्षीया महिलाको भेरी अस्पतालमा उपचारको क्रममा सोमबार राति ११ ; ३० बजे मृत्‍यु भएको छ ।

योसँगै कोरोना संक्रमणबाट बाँके जिल्लाभित्रका २७९ पुगेको छ भने अन्‍य जिल्ला बाहिरका २५१ जना कोरोना संक्रमतिको उपचारका क्रममा मृत्यु भएको छ ।

सम्बन्धित खबर

सिफारिस