गोरखामा माटोको ढिस्कोले पुरिएर दुईको मृत्यु

दियोपोस्ट संवाददाता

काठमाडौं, ११ जेठ । माटोको ढिस्कोले पुरिएर सोमबार गोरखामा २ जनाको मृत्यु भएको छ ।

जिल्लाको सिरानचोक गाउँपालिका वडा नम्बर १ भिरसिङमा घरको कम्पाण्डवाल निर्माण गर्ने क्रममा खसेको डिस्कोमा पुरिएर उनीहरुको ज्यान गएको हो ।

दिउँसो ३ बजेतिर घटेको उक्त घटनामा परी ४८ वर्षका काले गुरुङ र ३५ वर्षीय भीमबहादुर गुरुङ घाइते भएका छन् ।

घटना भएपछि उनीहरुलार्ई तत्काल उद्धार गरी उपचारका लागि जौवारी प्राथमिक स्वास्थ्य केन्द्र लगिएको थियो ।

स्वास्थ्य केन्द्र पुर्‍याएर लगत्तै चिकित्सकले उनीहरुको मृत्यु घोषणा गरेको जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी प्रकाश दाहालले जानकारी दिए ।

सम्बन्धित खबर

सिफारिस