ओलीको कारबाहीले रौं पनि नहल्लिने खनालको उद्घोष !

दियो पोस्ट  

काठमाडौं, ११ जेठ । पूर्वप्रधानमन्त्री झलनाथ खनालले पार्टी अध्यक्ष केपी शर्मा ओलीले आफूहरूलाई गरेको कारबाहीले केही फरक नपर्ने टिप्पणी गरेका छन्।

सोमबार बसेको एमालेको स्थायी कमिटी बैठकले नेता खनालसहित ११ जनालाई पार्टीबाट निश्कासन गरेको थियो।

सो निर्णय लगत्तै प्रतिक्रिया दिँदै नेता खनालले केपी शर्मा ओलीको कारबाहीले केही फरक नपर्ने बताएका हुन्।

नेता खनालले ओलीले गरेको कारबाहीले आफूहरुको रौं पनि नहल्लिने स्पष्ट पारे।

आफ्ना सहयोद्धा साथीहरूलाई यसरी कारबाही गरेका छन्। यो ओलीको हिटलर, निरंकुश, निर्मम र क्रुरतापूर्ण काम हो।

म एक महिनादेखि बिरामी भएर बसेको मान्छेको रौ समेत हल्लिएको छैन’, उनले भने, ‘ओलीले मान्छेका लासहरुमाथि शासन गरेका छन्। यस्तो अपराधीलाई चाडो भन्दा चाडो यो समाजबाट बिदाइ गर्नुपर्छ।

सिफारिस