सिलिन्डर काण्डमा वन मन्त्री प्रेम आलेको सफेद झूट : प्रमाण भन्छ, ‘अनुदानकै सिलिन्डरमा स्टिकर’ !

दियो पोस्ट  

काठमाडौँ, जेठ ११ गते । वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले जिल्ला अस्पताल डोटीमा वितरण गरेको अनुदानकै सिलिन्डरमा स्टिकर टाँसेको पुष्टि भएको छ ।

आलेले गृह जिल्लामा जम्मा ७५ वटा सिलिन्डर वितरण गरेका थिए । ती मध्ये ६० वटा उनले बिध म्यानेजमेन्ट प्रा.लीबाट खरिद गरेको देखिन्छ । तर, उनको स्टिकर टाँसिएको निलो १५ वटा सिलिन्डर भने स्वास्थ्य सेवा विभागले उपलब्ध गराएको हो ।

ती सिलिन्डर केहीदिन अघि चीन सरकारले अनुदानमा दिएको सिलिन्डर हुन् ।


वन मन्त्री आलेले नै स्वास्थ्य विभागले १५ वटा सिलिन्डर दिएको स्विकार गरेका छन् । विभागको आपूर्ति महासाखाका अनुसार वन मन्त्री आलेले डोटी पुर्याएका १५ वटै सिलिन्डर निशुल्क उपलब्ध गराइएको हो ।

सोही सोहि सिलिन्डरमा उनले आफ्नो तस्विर टाँसेको भन्दै चौतर्फी विरोध भइरहेको छ । सार्वजनिक सञ्चार माध्यममा चौतर्फी विरोध भएपछि उनले आफूले सबै सिलिन्डर आफ्नै खर्चमा किनेको भन्दै बील नै सार्वजनिक गरेका छन् । उनले सार्वजनिक गरेको बिध म्यानेजमेन्टको बीलमा उनले ४० लिटरको ६० वटा सिलिन्डर किनेको देखिन्छ ।

तर, यातयात कम्पनिको पुर्वाधार विकासका लागि खुलेको बिध म्यानेजमेन्टले कसरी अक्सिजनको कारोबार गर्यो भन्ने नै रहस्यको विषय बनेको छ ।
स्वास्थ्य सेवा विभागको आपूर्ति व्यवस्थापन विभागका प्रमुख उपेन्द्र ढुङ्गानाका अनुसार निलो कलरको सबै सिलिन्डर विभागले निशुल्क उपलब्ध गराएको हो । तर, आलेले भन सो सिलिन्डर खरिद गरेको दाबी गरेका छन् ।


‘हामीले अस्पताललाई सिलिन्डर दिने हो । सांसद वा मन्त्रीलाई दिने भन्ने कुरा हुँदैन,’ स्वास्थ्य सेवा विभागका आपूर्ति महाशाखाका ढुंगानाले दियोपोस्टसँग भने,‘हामीले दिएका कुनै पनि सिलिन्डर कसैले पनि किनेको होइन । सरकारले निशुल्क दिएको हो । निलो सिलिन्डर सबै विभागकै हो ।’

आलेले मंगलबार नै डोटीमा आयोजित कार्यक्रममा भनेका थिए,‘छातीमा हात राखेर भन्छु मैले किनेर दिएको सामान विदेशी अनुदानको होइन ।’ आलेले यस्तो बताएपनि सामाजिक सञ्जालमा भाइरल भएका निलो कलरको सबै सिलिन्डर भने उनले किनेका होइनन् । स्वास्थ्य विभागले चीन सरकारको सहयोगमा वितरण गरेको हो ।
मन्त्री आलेले अन्य स्वास्थ्य सामग्री भने किनेको दाबी गरेका छन् । डोटीमा ६० थान अक्सिजन सिलिण्डर, एक लाख ५० हजार मास्क तथा सेती प्रादेशिक अस्पताल कैलालीमा ५० थान भरिएका अक्सिजन सिलिण्डर र ५० हजार मास्क प्रदान गरेको उनको सचिवालयले बताएको दाबी छ ।

सिफारिस