काठमाडौं, १२ जेठ । नागढुङ्गास्थित सुरुङमार्ग निर्माणस्थलभित्र रहेका ३२ जनामा कोभिड सङ्क्रमण देखिएको छ।
निर्माणस्थलभित्र रहेर काम गर्दै आएका एक जापानीसहित नेपालीमा सङ्क्रमण पुष्टि भएको हो ।
सङ्क्रमित भएकालाई अरूबाट छुट्टै (आइसोलेशन क्याम्प) मा राखेर अरू नियमित काम गरिरहेको नागढुङ्गा सुरुङमार्ग आयोजनाले जनाएको छ।
सङ्क्रमितमध्ये अहिलेसम्म एक जनालाई अस्पताल लगिएको भए पनि अरू सबै निर्माणस्थलमा रहेको छुट्टै क्याम्पमा रहेको आयोजना प्रमुख नरेशमान शाक्यले बताए। उनले भने, “अस्पताल जानुभएका व्यक्ति पनि ठीक भइसक्नुभएको छ।”