
काठमाडौं, १२ जेठ । नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोखरेल दुर्घटनामा परेका छन् । उनीसहित दाङका अध्यक्ष दुर्गालाल केसी, उपाध्यक्ष सन्तोष सुवेदी र सल्लाहाकार सुदीप गौतम दुर्घटनामा परेका हुन् ।
तुल्सिपुरको उद्योग वाणिज्य संघ नजिकै रा १ च ९५५ को स्कोरपियोले महासंघका अध्यक्ष सवार रहेको कारमा ठक्कर दिएको थियो ।
ठक्करबाट कार मा क्षति पुगेको भएपनि सवार रहेका पोखरेलसहितका अधिकारी सामान्य अवस्थामा छन् ।