काठमाडौं, १३ जेठ । सभामुख अग्नि सापकोटाले संसद विघटनका विषयमा परामर्श जारी राखेका छन् ।
यसअघि पूर्वसभामुखहरुसँग परामर्श गरेका उनले बिहीबार संविधान, कानून र न्यायिक क्षेत्रका विज्ञ, विशेषज्ञहरुसँग परामर्श थालेका हुन् ।
दिउँसो एक बजेदेखि संसद भवनको ल्होत्से हलमा परामर्श गर्न लागिएको सभामुखको सचिवालयले जनाएको छ ।
परामर्शका लागि नेपाल बार एशोसिएसनका पूर्वअध्यक्षहरु, वरिष्ठ अधिवक्ताहरुलगायतलाई बोलाइएको छ ।
सभामुख सापकोटाले यसअघि विज्ञप्ति जारी गरेर संसद विघटनलाई असंवैधानिक भनेका छन् ।