काठमाडौं, १३ जेठ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको एकल इजलासले प्रतिनिधि सभा विघटनविरूद्ध परेका १९ रिटलाई पनि संवैधानिक इजलासमा पठाउन आदेश दिएका छन् ।
बिहीबार सबै रिटको प्रारम्भिक सुनुवाइ गर्दै प्रधानन्यायाधीश राणाले यस्तो आदेश दिएका हुन्।
राणाले संवैधानिक इजलासमा पठाएका सबै रिटमा राष्ट्रपति कार्यालय शितल निवासलाई विपक्षी बनाइएको छ।
अब ती सबै ३० वटा मुद्दाको सुनुवाइ भोलि शुक्रबार संवैधानिक इजलासमा हुने सर्वोच्च अदालतले जनाएको छ।
यसअघि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित प्रतिनिधि सभाका १४६ सांसदले बहुमत सांसदले हस्ताक्षर गरे पनि राष्ट्रपति विद्यादेवी भण्डारीले देउवालाई प्रधानमन्त्रीमा नियुक्त नगरेको भन्दै सर्वोच्चमा रिट हालेका थिए।