लगातार दोस्रो दिन संक्रमित भन्दा निको हुनेको संख्या बढी

दियो पोस्ट  

काठमाडौं, १३ जेठ । पछिल्लो २४ घण्टामा नेपालमा ६९३९ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।

२० हजार ९९२ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट ६७३१ र एन्टिजेन विधिबाट २०८ जनामा संक्रमण पुष्टि भएको हो ।

यही अवधिमा थप ७ हजार २२६ जना निको भएका छन् । नेपालमा लगातार दोस्रो दिन संक्रमित भन्दा निको हुनेको संख्या बढी रहेको छ ।

बुधबार पनि नयाँ संक्रमितभन्दा निको हुनेको संख्या बढी रहेको थियो । ६७१४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि हुँदा ६७१६ जना निको भएका थिए ।

कोभिड–१९ बाट थप १०६ जनाले ज्यान गुमाएका छन् । हालसम्म नेपालमा ज्यान गुमाउनेको संख्या ६९५१ पुगेको छ ।

सिफारिस