राष्ट्रपति समक्ष राष्ट्रियसभा उपनिर्वाचनको परिणाम पेश

दियोपोस्ट संवाददाता

काठमाडौं, १३ जेठ । निर्वाचन आयोगले बागमती प्रदेशमा भएको राष्ट्रियसभा उपनिर्वाचनको परिणाम राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष पेश गरेको छ ।

राष्ट्रियसभा निर्वाचन ऐन, २०७५ को दफा ६० बमोजिम आयोगले जेठ ६ गते सम्पन्न उपनिर्वाचनको परिणामसहितको विवरण बिहीबार राष्ट्रपति भण्डारी समक्ष पेश गरेको हो ।

उक्त निर्वाचनमा नेकपा एमालेका उम्मेदवार रामबहादुर थापालाई पराजित गर्दै स्वतन्त्र उम्मेदवार डा। खिमलाल देवकोटा विजयी भएका थिए ।

सम्बन्धित खबर

सिफारिस