एआईजी धिरज प्रताप सिंह आइजिपीमा नियुक्त

diyopost.com
दियो पोस्ट  आइतबार, बैशाख १८, २०७९ | १३:४८:०६

काठमाडौं । सरकारले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) धिरजप्रताप सिंहलाई नेपाल प्रहरीको प्रमुख (आईजीपी) नियुक्त गर्ने निर्णय गरेको छ । मन्त्रीपरिषद्को आज बसेको बैठकले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरे (सिआईबी)का प्रमुख रहेका एआईजी सिंहलाई २९ औं आईजीपी बनाउने निर्णय गरेको हो ।

प्रहरी संगठनभित्र कमाण्डिङ क्षमतामा अब्बल र निष्कलंक छवी बनाउन सफल एआईजी सिंह २०४९ चैत ११ मा नेपाल प्रहरीमा सेवा प्रवेश गरेका थिए । जिल्ला, प्रदेश र सिआईबी प्रमुख हुँदा ठूला घटनाहरुको सफल अनुसन्धान गरेका एआईजी सिंह सेवा प्रवेशको ३०औं वर्षमा प्रहरी प्रमुख बन्न सफल भएका हुन् ।

हालका आईजीपी शैलेश थापा क्षेत्रीसहितका उनका ब्याचका प्रहरी अधिकृतहरुले ३० वर्षे सेवा अवधिका कारण आजैबाट अवकाश पाउँदैछन् । त्यसैले सिंहले आईजीपीको फुली आजै लगाउने र आजैबाट प्रहरीको नेतृत्व सम्हाल्नेछन् ।

सम्बन्धित खबर