वरिगञ्ज महानगरपालिकामा गठबन्धन दलको अग्रता कायम, एमालेले कति मत पाए ?

दियो पोस्ट  

काठमाडौं । पर्साको वीरगञ्ज महानगरपालिकामा सत्ता गठबन्धनबाट जनता समाजवादी पार्टीका मेयर उम्मेदवार राजेशमान सिंह आफ्ना निकटतम प्रतिद्वन्दीसँग ठूलो मतान्तरले अघि छन्। उनी निकटतम प्रतिद्वन्दी भन्दा १४१५ मतले अघि छन्।

शुक्रबार सम्पन्न निर्वाचनको पछिल्लो मतपरिणाम अनुसार सिंह दुईहजार ६ सय चार मत ल्याएर अग्रस्थानमा रहेको प्रमुख निर्वाचन अधिकृत धर्मराज पौडेलले जानकारी दिए। उनका प्रतिद्वन्दी एमालेका मेयर उम्मेदवार विजय सरावगीले एक हज़ार एक सय ८९ मत ल्याएका छन्। राप्रपा का मेयर उम्मेदवार गिरिश गिरीको भने ८६ मत छ।