ताँजकोट गाउँपालिकाको अध्यक्षमा माओवादीका जैसी विजयी

diyopost.com
दियो पोस्ट  आइतबार, जेठ ०१, २०७९ | १९:२४:२६

हुम्ला । हुम्लाको ताँजकोट गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका लालकेश जैसी विजयी भएका छन् ।

जैसीले १८१० मत ल्याएर एमालेका अजमल बुढालाई पराजित गरेका हुन् । एमालेका बुढाले ९९५ मत पाए ।

यस्तै उपाध्यक्षमा नेपाली कांग्रेसका सुरेन्द्रबहादुर थापा १३९१ मतका साथ विजयी भएका छन् । उनले एमालेका रुपचन्द्रा ऐडीलाई पाराजित गरेका हुन् । ऐडीले ४७७ मत ल्याइन् ।

ताँजकोटमा कांग्रेस र माओवादीको गठबन्धन थियो ।

सम्बन्धित खबर