भरतपुरमा ६ हजार ४७७ मत गन्दा जगन्नाथले कति मत पाए ?

diyopost.com
दियो पोस्ट  आइतबार, जेठ ०१, २०७९ | १९:३१:५५

काठमाडौं । भरतपुर महानगरपालिकामा ६ हज़ार ४ सय ७७ मत गणना गर्दा सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी मेयर उम्मेदवार रेनु दाहाल आफ्ना प्रतिद्वन्दीसँग जम्मा १४ मतले अघि छन्।

उनले २ हजार ३ सय १७ मत ल्याएकी छन्। उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका मेयर उम्मेदवार विजय सुवेदीले भने २ हज़ार ३ सय ३ मत ल्याएर उनलाई पछ्याइरहेका छन्। नेपाली कांग्रेसका बागी उम्मेदवार जगन्नाथ पौडेलले भने ७ सय ६१ मत ल्याएका छन्।

त्यस्तै उपमेयरमा पनि गठबन्धनकै धेरै मत आएको छ। उपमेयरको उम्मेदवारमा गठबन्धनबाट चित्रसेन अधिकारीले २ हजार ५ सय ५२ मत ल्याएका छन् भने राप्रपा उपमेयर उम्मेदवार हिमला गुरूङ १ हजार ८ सय ४९ मत ल्याएर उनलाई पछ्याइरहेकी छन्।

सम्बन्धित खबर