३६ स्थानीय तहको नतिजा सार्वजनिक, कहाँ कसले जित्यो ? (सूचीसहित)

दियो पोस्ट  

काठमाडौँ । अहिलेसम्म देशभर ३६ स्थानीय तहको मत परिणाम सार्वजनिक भएको छ । जसमध्ये १४ वटा स्थानीय तहमा नेकपा एमाले विजयी भएको छ ।

यस्तै, नेपाली कांग्रेसले ११ वटा स्थानीय तहमा जित हात पारेको छ । नेकपा माओवादी केन्द्रले ९ वटा र एकीकृत समाजवादीले २ वटा पालिकामा जित हात पारेका छन् ।

 

नेकपा एमाले विजयी भएका पालिकाहरू:

१, मनाङको मनाङ ङिस्याङ गाउँपालिकाः अध्यक्ष कान्छा घले विजयी

२, मनाङको चामे गाउँपालिकाः अध्यक्ष लोकेन्द्रबहादुर घले विजयी

३, मुस्ताङको घेकर दामोदरकुण्ड गाउँपालिकाः अध्यक्ष लोप्साङ छोम्पेल विष्ट विजयी

४, मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाः अध्यक्ष रिङजिन नामगेल गुरूङ विजयी

५, मुस्ताङको लोमान्थाङ गाउँपालिकाः अध्यक्ष टसी न्वर्वु गुरूङ विजयी

६, डोल्पाको से फोक्सुण्डो गाउँपालिकाः अध्यक्ष धावा सम्डुङ गुरुङ विजयी

७, सोलोखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकाः अध्यक्ष मिङ्मा छिरि शेर्पा विजयी

७, बझाङको साइपाल गाउँपालिकाः अध्यक्ष मानबहादुर बोहोरा विजयी

८, नवलपुरको बौदीकाली गाउँपालिकाः अध्यक्ष प्रकाश ओझा विजयी

९, बझाङको थलारा गाउँपालिकाः अध्यक्ष प्रकाश रोकाया विजयी

१०, मुस्ताङको थासाङ गाउँपालिकाः अध्यक्ष प्रदिप गौचन

११, म्याग्दीको मालिका गाउँपालिकाः अध्यक्ष वेगप्रसाद गर्वुजा

१३, तेह्रथुमको मेन्छ्यायेम गाउँपालिकाः अध्यक्ष यादवबहादुर खापुङ

१४, दार्चुलाको महाकाली नगरपालिकाः नर सिंह चैंसिर

नेपाली कांग्रेस विजयी भएका पालिकाहरूः

१, मनाङको नार्पा भूमी गाँउपालिकाः कोन्जो तेन्जीङ लामा विजयी

२, मनाङको नासोँ गाउँपालिकाः धनबहादुर गुरुङ विजयी

३, मुस्ताङको घरपोझङ गाउँपालिकाः मोहनसिंह लालचन विजयी

४, गुल्मीको रेसुङ्गा नगरपालिकामाः खिलध्‍वज पन्थी विजयी

५, डढेलधुराको गन्यापधुरा गाउँपालिकाः अध्यक्ष ईन्द्रबहादुर कार्की विजयी

६, गुल्मीको गुल्मीदरबार गाउँपालिकाः अध्यक्ष सरोजकुमार थापा विजयी

७, डोटीको बडीकेदार गाउँपालिकाः अध्यक्ष भैरवबहादुर साउद विजयी

८, हुम्लाको खार्पुनाथ गाउँपालिकाः अध्यक्ष कर्णबहादुर रावल विजयी

९, बागलुङको तमानखोला गाउँपालिकाः अध्यक्ष जोकलाल बुढा

१०, बाग्लुङको तमानखोला गाँउपालिकाः अध्यक्ष जोकलाल बुढा

११, सोलुखुम्बुको लिखुपिके गाँउपालिकाः मिना देवी कार्की

 

नेकपा माओवादी केन्द्र विजयी भएका पालिकाहरूः

१, डोल्पाको जगदुल्ला गाउँपालिकाः अध्यक्ष नारसिङ रोकाय विजयी

२, दैलेखको नौमुले गाउँपालिकाः अध्यक्ष छविराम सुवेदी

३, बाग्लुङ ताराखोला गाउँपालिकाः अध्यक्ष धनबहादुर विक

४, उदयपुर लिम्चुङबुङ गाउँपालिकाः अध्यक्ष मेजरकुमार राई

५, रोल्पाको थवाङ गाउँपालिकाः अध्यक्ष ऋषिकेशव बुढामगर

६, खोटाङको जन्तेढुंगा गाउँपालिकाः अध्यक्ष अरूणादेवी राई

७, हुम्लाको ताजाकोट गाँपालिकाः अध्यक्ष लालकेश जैसी

८,दार्चुलाको अपिहिमाल गाउँपालिकाः भक्त सिंह ठेकरे(बोहरा)

९,दार्चुलाको नौगाड गाउँपालिकामाः दलजीत सिंह धामी

 

नेकपा एकीकृत समाजवादी विजयी भएका पालिकाः

१, डोल्पाको छार्का साङतोङ गाउँपालिकाः अध्यक्ष सेनाङ गुरुङ विजयी

२, डोल्पाको काइके गाउँपालिकाः अध्यक्ष अंगदकुमार राना विजयी