काठमाडौँ । गत वैशाख ३० गते सम्पन्न भएको स्थानीय तहको निर्वाचनको मत परिणाम सार्वजनिक भइरहेको छ ।
जसमा सबैभन्दा धेरै नेकपा एमालेले जित हासिल गरेको छ । यस्तै, नेपाली कांग्रेसले जित हात पारेको छ ।
यसैबीच नेकपा माओवादी केन्द्रले हालसम्म १० वटा पालिकामा जित हात पारेको छ । जुन यस प्रकारको छ ।
१, जगदुल्ला गाउँपालिका डोल्पा, अध्यक्षः नारसिङ रोकाय
२, अपि हिमाल गाउँपालिका दार्चुला, अध्यक्षः भगत सिंह ठेकेरे बोहोरा
३, नौमुले गाउँपालिका दैलेख, अध्यक्षः छवि सुवेदी
४, ताराखोला गाउँपालिका बागलुङ, अध्यक्षः धन बहादुर बि।क।
५, लिङ्चुन्बुङ गाउँपालिका उदयपुर, अध्यक्षः मेजर राई
६, जन्तेढुंगा गाउँपालिका, खोटाङ अध्यक्षः अरुणा देवी राई
७, थवाङ गाउँपालिका, रोल्पा अध्यक्षः ऋषि केशव बुढा मगर
८, नौगाड गाउँपालिका, दार्चुला अध्यक्षः दलजितसिंह धामी
९, ताजाकोट गॅाउपालिका, हुम्ला अध्यक्षः लालकेश जैशी
१०, अजिरकोट गाउँपालिका, गोर्खा अध्यक्षः दीपक देवकोटा