भरतपुरमा १०२०६ मत गन्दा विजय पछि परे, जगन्नाथले कति मत पाए ?

diyopost.com
दियो पोस्ट  सोमबार, जेठ ०२, २०७९ | ९:२४:५६

काठमाडौं । भरतपुर महानगरपालिकामा १०२०६ मत गणना गर्दा गठबन्धनकी रेनु दाहालले ३५७८ मत पाएकी छन्।

यसअघि झिनो मतले एमालेका विजय सुवेदीभन्दा पछाडि परेकी उनी अहिले अघि लागेकी हुन्।

विजयले ३५७५ मत ल्याएका छन्। यस्तै, स्वतन्त्र उम्मेवार जगन्नाथ पौडेलले १३६० मत ल्याएका छन्।

उपमेयरमा गठबन्धनबाट चित्रसेन अधिकारीले ४०४३ मत ल्याएका छन् भने राप्रपाबाट हिमला गुरूङले २८१६ मत ल्याएकी छन्।

सम्बन्धित खबर