छात्रामाथि यौन प्रस्ताव राख्ने शिक्षक अधिकारी एमाले नेता गोकुल बास्कोटाको विज्ञ सल्लाहाकार !

diyopost.com
दियो पोस्ट  मंगलबार, जेठ १०, २०७९ | १३:०८:३२

काठमाडौं । काठमाडौंको चावहिल स्थित सेन्ट लरेन्स स्कुलका विद्यार्थीमाथि यौन दुर्व्यवहार गर्ने शिक्षक नेकपा एमालेको नेता रहेको खुलेको छ ।
केहीबेरअघि काठमाडौं प्रहरीले पक्राउ गरेको जनार्दन अधिकारी एमाले नेता रहेको खुलेको हो ।

काभ्रेको भुम्लु गाउँपालिका घर भएका उनी पूर्व सुचना तथा संचारमन्त्री गोकुल बास्कोटाको विज्ञ सल्लाहाकार समेत रहेको खुलेको हो । बास्कोटा यसअघि सुचना संचारमन्त्री रहँदा उनलाई मिडिया विश्लेषकको रुपमा नियुक्ती गरिएको पाइएको हो ।
उनी एमालेको विभिन्न कार्यक्रममा भाषण गर्दैै हिँडेको तस्विरसमेत फेला परेको छ ।

विद्यालयका कोअर्डिनेटर जनार्दन अधिकारीले विद्यार्थीलाई योन दुर्व्यवहार गरेको भन्दै अध्ययनरत विद्यार्थी आन्दोलनमा उत्रिएका छन् ।

 

रातो घेरामा शिक्षक जनक अधिकारी र गोकुल बास्कोटा

 

कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरूले काठमाडौंको गौशाला प्रहरी वृत्तअगाडि प्रदर्शन गरेपछि घटना सार्वजनिक भएको हो ।

 

। विद्यार्थीहरुका अनुसार शिक्षक अधिकारीले एक विद्यार्थीलाई विगत २ महिनादेखि यौन हिंसा गर्दै आएका थिए ।

शिक्षक अधिकारीले ती किशोरीलाई रेस्टिकेड गरिदिने भन्दै धम्की दिँदै क्याफेमा बोलाएर यौन हिंसा गर्ने गरेको पाइएको हो ।

अधिकारीले ती विद्यार्थीलाई मिनिस्कर्ट लगाको कसतो सेक्सी देखिएको भन्दै सामाजिक संजालमा मेसेज गर्ने, ‘विल यु वि माई बेड पार्टनर’, तिम्रो घर टाढा छ मेरो घरमै बस भन्ने गरेको खुलेको छ ।

ती शिक्षकले विद्यार्थी भाग्न खोज्दा समेत दुर्व्यबहार गर्ने गरेको आन्दोलनमा सहभागीहरुको भनाइ छ ।

सम्बन्धित खबर