सम्पर्कविहीन तारा एयरको विमान मानापाथी हिमाल फेदीको पहिरोमुनि रहेको पुष्टि

अपडेट

diyopost.com
दियो पोस्ट  आइतबार, जेठ १५, २०७९ | १६:२५:३३

काठमाडौं । आइतबार विहान सम्पर्कविहीन भएको तारा एयरको विमान मुस्ताङको मानापाथी हिमालको फेदीमा रहेको पाईएको छ । नेपाली सेनाका प्रवक्ता सहायक रथी नारायण शिलवालका अनुसार मानापाथी हिमालको फेदीमा जहाज भेटिएको हो ।

‘स्थानीयका अनुसार मानापाथी हिमालको फेदीमा रहेको एक खोलाको बगरमा पहिरोमुनि बिमान दर्घटना भएको भन्ने खबर छ ।’उनले भने,‘नेपाली सेनाको टोली सो स्थानमा पुग्दै छ ।’

‘स्थानीयले खबर गरेपछि जमिनबाट सैनिक टोली त्यतातिर लागेको छ। त्यहाँ पुग्न तीन-चार घन्टा लाग्छ होला,’ सिलवालले भने,‘हामी हेलिकप्टरबाट पनि पुग्न प्रयास गर्दैछौं।’

स्थानीय वासिन्दाले त्यस क्षेत्रमा विमान दुर्घटना भएको जानकारी गराएपछि नेपाली सेनाको टोली घटनास्थलतर्फ जाँदै गरेको पनि उनले बताए ।

पोखराबाट जोमसोम जाँदै गरेको तारा एयरको विमान म्याग्दीको घोडेपानी क्षेत्रबाट विहान १०ः०७ पछि सम्पर्कविहीन भएको थियो ।

तारा एयरको पोखराबाट जोमसोम उडेर सम्पर्कविहीन भएको नाइन एनएइटी जहाज बिहान १०ः७ बजेसम्म शिख नजिकको आकाशमा रहँदासम्म सम्पर्कमा रहेको देखिन्छ । सम्पर्कविहीन भएको जहाजमा चालक दलका ३ जना सदस्य, १३ नेपाली, ४ भारतीय र दुई जर्मन नागरिक गरी १९ जना सवार छन् ।

सम्बन्धित खबर