काठमाडौं । सरकारले ३०० स्थानीय तहका पाँच लाख परिवारलाई जग्गाधनी पुर्जा दिने घोषणा गरेको छ ।
आइतबार संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा आउँदो आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले यस्तो बताएका हुन् ।
उनले यांग्री र लार्के खोलाको पानी काठमाडौंमा ल्याउन थप अध्ययन अघि बढाइने पनि बताए ।