काठमाडौंमा बालेनको पहिलो निर्णय : नगरसभाको प्रत्यक्ष प्रशारण गर्ने

दियो पोस्ट  

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेष्यर बालेन साहले पद तथा गोपनियताको सपथ लिएसँगै नगरसभाको बैठक सधै लाइभ (प्रत्यक्ष प्रशारण) गर्ने निर्णय गरेका छन् । बालेनको महानगरपालिकाको मेयरका रुपमा यो पहिलो निर्णय हो ।

नगरसभाको पहिलो बैठक सोमबार (आजै) दिउँसो ४ बजेका लागि बोलाइएको छ । उक्त बैठक नै लाइभ गर्ने निर्णय बालेनले गरेका हुन् ।

साथै काठमाडौंको फोहोर व्यवस्था नभएसम्म खादा–माला नलगाउने र खुसी नमनाउने उनले बताएका छन् । फोहोर व्यवस्थापन आफ्नो प्राथमिकता भएको भन्दै उनले त्यस्तो बताएका हुन् ।

सम्बन्धित खबर