काठमाडौं । वन तथा भूसंरक्षण विभागले सिन्धुपाल्चोकको सुनकोसी किनारमा संचालित सुकुट विच नामक रिसोर्टले वन र बगर अतिक्रमण गरेको विषयमा छानबीन थालेको छ ।
विभागले प्रदेश वन निर्देशनालय बाग्मती प्रदेश हेटौंडालाई पत्राचार गरि कारबाही प्रक्रिया अघि बढाएको हो । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका वडा नम्बर ९ कदम्बासमा संचालित सुकुटे विच रिसोर्टले वन र बगरगरि ३३ रोपनीभन्दा बढी सरकारी जग्गा अतिक्रमण गरेको भन्दै दियोपोस्ट डटकमसहित संचार माध्यमले खबर प्रकाशन गरेका थिए । सोही खबरका आधारमा विभागले छानबीन अघि बढाएको हो । गत जेठ १७ गते विभागले पत्राचार गरेको पत्र भेटिएको छ ।
व्यावसायी महेन्द्र थापाले शक्तिको आडमा खोला र बन अतिक्रमण गरेर रिसोर्ट चलाएको विषयमा सबै निकायलाई थाहा भएपनि कुनै कारबाही भएको छैन ।
विभागका महानिर्देशक दिनेशमणी त्रिपाठीद्वारा हस्ताक्षेरित पत्रमा स्थलगत निरिक्षण गरि कारबाही गर्न र कारबाही गरेको जानकारी विभागलाई दिन समेत कडा निर्देशन दिएको छ ।
सरकारी वन र सुनकोसी बगरमा सुकुटे विच रिसोर्टको रजाइँ : प्रचण्डको नाम लिएर धम्काउँदै संचालक !