कम्पनीमा छिरेर साझेदारलाई फसाउने ‘साली भेना’ : बैंकमा कम्पनी धितो, पार्टनर जेलमा

आपराधिक विश्वासघातको फर्जी मुद्दा

दियोपोस्ट संवाददाता  

काठमाडौं । कुनैपनि कम्पनी भित्र विवाद भए विवादको विषय निरुपण गर्न कम्पनीका शेयर होल्डरहरु अदालत जान सक्छन् । तर, एक कम्पनीमा भने कम्पनीका साझेदारले अर्का साझेदारलाई प्रहरी हिरासतसम्म पुर्याएका छन् ।
चितवन जिल्ला भरतपुर महानगरपालिका १५ बस्ने ४३ वर्षीय मुना गुरुङ र उनका भेना नाता पर्ने ललितपुरको भैँसेपाटी निवासी ५५ वर्षीय डा. टेक बहादुर गुरुङले * कास्की घर भएका शिव पौडेललाई फसाएको आरोप छ ।

पौडेलको स्वामित्वमा रहेको ग्राण्ड फर्मा प्रालीमा नियोजित रुपमा घुसेका उनीहरुले पौडेललाई नै कारागार पुर्याइदिएका छन् । व्यावसायिक साझेदारको रुपमा भित्रिएका उनीहरुले आपराधिक विश्वासघातको फर्जी मुद्दा लगाएर पक्राउ गराएका थिए ।

ग्राण्ड फर्मा कम्पनी २०७७ साल चैत्र महिना ३० गते एकल शेयरधनी पौडेलको नाममा दर्ता रहेको यो कम्पनीमा ५० प्रतिशत शेयर दिनुस् भन्दै यी साली भेना भित्रिएका थिए । २०७८ साल श्रावण महिनामा टेक बहादुर ५० प्रतिशत शेयरसहित यो कम्पनीमा भित्रिएका थिए ।
उनीहरुले सोही क्रममा टेकबहादुरको श्रीमती अनिता गुरुङको नाममा दर्ता रहेको घर कम्पनीमा ल्याउने कुरा भयो । तर, कम्पनीमा ल्याउनुअघि नै सिभिल बैंक सुन्धारामा धितो रोक्का रहेको पीडित पौडेलले बताए । उनले सरकारी वकिल समक्ष दिएको बयान अनुसार उक्त अनिताको नाममा रहेको घर ग्राण्ड फर्मा प्रा.लीमा धितोमा देखाई एनआईसी एशिया बैंकमा रोक्का राखिएको थियो ।

ग्राण्ड फर्माकै आयस्रोत देखाएर एनआईसी एशिया बैंकबाट १ करोड ५५ लाख बिजनेश ऋण, कम्पनिको आय स्रोत देखाएर ९५ लाख र गाडीको ४८ लाख रुपैयाँ गरि २ करोड ५ लाख रुपैयाँ ऋण निकालिएको थियो । यसरी निकालिएको ऋण मध्ये पौडेलले जम्मा १०/१५ लाख मात्रै चलाएको र गाडी ऋणका लागि ३१ लाख ५० हजार रुपैयाँ आफूले चलाएको उनको भनाई छ ।

गुरुङले बाँकी रकम भने टेक बहादुर गुरुङले ९५ लाख रुपैयाँ आफ्नो छोरा अमेरिका पठाउँदा चलाएको पौडेलले बताए । पौडेलको कम्पनी प्रयोग गरेर गुरुङ साली भेनाले मच्क्षिन्द्र फर्मा तथा जावलाखेल फर्माको ऋण तिर्न प्रयोग गरिएको आरोप छ । तर, यो प्रमाणलाई लुकाएर आपराधिक विश्वासघात गरेको भन्दै पौडेल विरुद्ध जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिइएको थियो । गुरुङको जोहरीको आधारमा प्रहरीले पौडेललाई पक्राउ समेत गरेर मुद्दा चलाएको थियो । जिल्ला अदालत काठमाडौंले यस्तो आधारहिन मुद्दामा समेत पीडित पौडेललाई २५ लाख धरौटी माग गर्ने आदेश गरेको थियो ।

स्रोतका अनुसार गुरुङ साली भेनाबाट अन्य व्यक्तिहरु समेत पीडित भएका छन् । टेक बहादुरको सालीबाट अरुण सापकोटाको ३२ लाख रुपैयाँ ठगी भएको स्रोतले जनाएको छ । त्यस्तै दिपक विष्टको १ करोड ५० लाख, कल्पना थापाको २ करोड ५० लाख, नरेन्द्र खड्काको २ करोड र मधु अधिकारीको ७० लाख ठगी भएको पीडितहरुले बताएका छन् ।

* सच्याइएकाे ।

 

टेक बहादुर गुरुङको खण्डन