खैरो हेरोइनसहित एकजना पक्राउ

दियोपोस्ट संवाददाता

मकवानपुर,जेठ २२ । लागूऔषध खैरो हेरोइनसहित प्रहरीले एक जनालाई हेटौँडा उपमहानगरपालिका–१ बाट पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा हेटौंडा उपमहानगरपालिका–११ का ३१ वर्षीय मिलन परियार रहेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको टोलीले शङ्कास्पद रुपमा हिँडिरहेका परियारलाई चेकजाँच गर्दा उनले लगाएको पाइन्टको खल्तीभित्र सुर्तीको प्याकेटमा लुकाई छिपाई राखेको लागुऔषध खैरो हेरोइन सात ग्राम बरामद गरेको हो ।

पक्राउ परेका परियारमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस

सम्बन्धित खबर

सिफारिस