फुटबल र क्रिकेटमा सट्टेबाजी गर्ने गिरोह प्रहरी फन्दामा !

दियोपोस्ट संवाददाता

काठमाडौँ, जेठ २३ । खेलकुदमा सट्टेबाजी गरि अवैध रुपमा रकम असुल गर्ने गिरोहका तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । महानगरिय अपराध महाशाखाबाट खटिएको टोलीले गोप्य सुचनाका आधारमा राजधानीको विजेश्वरी र न्यूरोडबाट पक्राउ गरको हो ।

पक्राउ पर्नेहरुमा जुगल–२, सिन्धुपाल्चोकका ३६ बर्षिय बज्र पकाश लामा, ३० बर्षीय विद्युत प्रकाश लामा र रामेछाप जिल्ला लिखु गाउँपालिका २ सैपु घर भएका ३३ बर्षीय उमेश कार्की रहेका छन् । उनिहरुको साथबाट प्रहरीले नगद १ लाख समेत बरामद गरेको छ । पक्राउ परेका तीनै जनाको बारेमा थप अनुसन्धान भइरहेको महानगरिय प्रहरी परिसरले जनाएको छ ।

सम्बन्धित खबर

सिफारिस