दियोपोष्ट संवाददाता,
धादिङ, ८ असार । धादिङको निलकण्ठ नगरपालिका कार्यालयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेको छ । अख्तियारले नगरपालिकाका केही महत्वपूर्ण आगजपत्र समेत जफत गरेर लगेको स्रोतले दियोपोष्टलाई जानकारी दिएको छ ।
निलकण्ठ नगरपालिकाका मेयर भिम प्रसाद ढुंगानालो स्थानिय तह सञ्चालन ऐन विपरित जथाभावी आगामी नगरसभाबाट अनुमोदन गराउने भन्दै साढे २ करोड रुपैयाँ बिनियोजन गरेका थिए ।
दियोपोस्टले यस विषयमा यसअघि नै समाचार प्रकाशन गरेको थियो । नगरपालिकाको पैसा नेपाली कांग्रेसको कार्यालय निर्माण देखि क्रिश्चियन धार्मिक संगठनलाई समेत बिनियोजन गरेको खुलाशा भएपछि अख्तियारमा उजुरी समेत परेको थियो ।
मनोमानि रुपमा बजेट बिनियोजन गरेको बजेटमा हस्ताक्षर गर्न अस्विकार गरेपछि प्रमुख प्रशासकिय अधिकृतलाई रहस्यमयी रुपमा हटाइएको समेत खुलाशा भएको थियो ।
अख्तियारले नगरपालिका भित्र रहेको महत्वपूर्ण कागजात जफत गरेको बताइएको छ ।