विदेशबाट आउने नागरिकमाथि चर्को यातयात भाडा असुलीमा समलग्न विचौलिया कारबाहीमा !

दियो पोस्ट  

काठमाडौं, १३ असार । विदेशबाट आउने नेपाली नागरिकमाथि यातयात भाडामा चर्को ठगी भएको विषय सार्वजनिक भएपछि एक विचौलिया कारबाहीमा परेका छन् ।


दियोपोष्टले शनिबार होल्डिङ सेन्टरबाट देशका विभिन्न स्थानमा पुग्ने यात्रुमाथि सैनिक अधिकारी र यातयातका विचौलियाको मिलेमतोमा व्यापक ठगी हुने गरेको खुलाशा गरेको थियो ।


विदेशबाट आउने यात्रुलाई बढी भाडा लिइ विचौलिया गर्ने नारायण भट्टराई नाम गरेका व्यक्तिलाई सार्वजनिकि यातयात केन्द्रीय महासंघले कारबाही गरेको छ ।


महासंघका उपाध्यक्ष समेत रहेका भट्टराईलाई उनी सम्बद्ध संस्थाले नै निलम्बन गरेको हो ।
महासंघले निलम्बन गरेको पत्र अनुसार भट्टराईले यातयात व्यवस्था कार्यालयको भाडादर भन्दा बढीमा यात्रु ओसार पोसार गरेको आरोप लगाइएको छ । त्यस्तै अध्यक्षको निर्देशन समेत पालना नगरेको आरोप पत्रमा लगाइएको छ ।


त्यस्तै संघले बढी भाडा असुली गर्नेमाथि कारबाही गर्न यातयात व्यवस्था विभागलाई समेत पत्राचार गरेको छ ।

सिफारिस