कोभिड संक्रमितको उपचारमा खटिएका चिकित्सकको मृत्यु

दियोपोस्ट संवाददाता

काठमाडौं, २० जेठ । भैरहवामा रहेको युनिभर्सल मेडिकल कलेज शिक्षण अस्पतालमा कार्यरत एक चिकित्सकको कोभिड १९ को संक्रमणबाट मृत्यु भएको छ ।

काठमाडौंको ग्राण्डी अस्पतालमा उपचारका क्रममा ३५ वर्षीय डा.पशुपति रजौरियाको बुधबार राती मृत्यु भएको हो ।

डा. रजौरियाको संक्रमणका कारण मृत्यु भएको अस्पतालका प्रशासन प्रमुख सुशील गुरुङले जानकारी दिए ।

कपिलबस्तु घर भएका डा. रजौरियाको केही महिनाअघि मात्र विवाह भएको थियो । उनीसँगै श्रीमती पनि कोभिड संक्रमित भएकी थिइन् ।

श्रीमती डा.हसिना वानु संक्रमणमुक्त भएपनि डा.रजौरियाको उपचारका क्रममा मृत्यु भएको अस्पताल प्रशासनले जनाएको छ ।

उनीहरु दुवैजना सोही अस्पतालमा कार्यरत थिए । श्रीमती वानु प्रसुती तथा स्त्री रोग विशषज्ञ हुन् ।

सम्बन्धित खबर

सिफारिस