घरायसी विवादमा श्रीमानले गरे श्रीमतीको हत्या

दियोपोस्ट संवाददाता

काठमाडौं, २९ जेठ । इलाममा आफ्नै श्रीमतीको हत्या गर्ने श्रीमानलाई प्रहरीले पक्राउ गरेको छ।

भोजपुर घर भई हाल इलाम देउमाई नगरपालिका, ४ चित्रे डेरा गरी बस्ने ४५ वर्षीय ताकबहादुर तामाङ पक्राउ परेका हुन्।

शनिबार बिहान साढे ८ बजे उनले आफ्नै श्रीमती ४६ वर्षीया सुर्जामाया तामाङलाई दाउले घाँटीमा काटेर हत्या गरेका हुन्।

घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय मंगलबारेबाट खटिएको टोलीले तामाङलाई पक्राउ गरेको हो।

घटना घरायसी विवादका कारण भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ।

सम्बन्धित खबर

सिफारिस