मनाङको चामेमा बाढीबाट ३ सय परिवार विस्थापित, हेलिकप्टरबाट राहत आउने पर्खाइमा पीडित

दियो पोस्ट  

काठमाडौं, २ असार । मनाङको चामेमा बाढीका कारण ३ सय परिवार विस्थापित भएका छन् । बजारबाट बग्ने दुईवटा ठाडो खोला र मर्स्याङ्दी नदीको जलस्तर अत्यधिक माथी गएपछि चामे बजार क्षेत्र थ्रेटमा परेको मनाङका प्रजिअ विष्णु लामिछानेले बताए ।

‘३ सय परिवार कारागारको नव निर्मित भवनमा आश्रय लिएर बसेका छन्’ प्रजिअ लामिछानेले भने–‘ताल भन्दा तलको बस्ती पुरै डुबानमा छ ।’

तिलिचो तालभन्दा लतको बस्ती डुबानमा परेपछि त्यहाँका स्थानिय डाँडामा आश्रय लिएर बसेका छन् । काठमाडौंबाट राहत लिएर मनाङ जान लागेको हेलिकप्टर खराब मौसमका कारण उड्न सकेको छैन् ।

‘खराब मौसमका कारण काठमाडौंबाट हेलिकप्टर आउन सकेको छैन’ प्रजिअ लामिछानेले भने–‘विस्थापित परिवारका लागी काठमाडौं बाट राहत ल्याउँदै छौं ।’

अपर मर्स्याङ्दीको न्याओल भन्ने स्थानमा पनि पहिरोको जोखिम बढेको छ । प्रशासनले त्यहाँका मानिसलाई सुरक्षा सतर्कता अपनाउन आग्रह गरेको छ ।