धादिङको तिप्लिङमा पहिरोले डोजर पुरिँदा दुई बेपत्ता

दियो पोस्ट  

काठमाडौं, ५ असार । धादिङको धादिङवेशी तिप्लिङ सडकखण्डमा पहिरोका कारण एक डोजरसहित २ जना बेपत्ता भएका छन् । जिल्लाको रुवीभ्याली गाउँपालिका तिप्लिङमा पहिरोका कारण २ जना बेपत्ता भएका हुन् ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक महेन्द्र खड्काका अनुसार डोजर चालक सिन्धुपाल्चोक निवासी राजु पराजुली र रुबी भ्याली गाउँपालिका–५ का जोजो तामाङ आदाखोलामा बेपत्ता भएकाले खोजी भइरहेको छ ।