काठमाडौं, १४ असार । भारतीय बजारमा प्रति भाइल ८ सय ९९ भारतीय रुपैयाँ पर्ने रेम्डिसिभिर नामक औषधी नपालमा चार गुणा भन्दा बढी महँगोमा विक्री वितरण गर्न सरकारले अनुमति दिएको छ ।
औषधी व्यवस्था विभागले नेश्नल नेश्नल हेल्थ केयर प्रा.लीलाई कोरोना संक्रमणका विरामीका लागि प्रयोग हुने रेम्डीसिभिर नामक औषधी उत्पादनको अनुमति दिएको हो । उक्त कम्पनिले अधिकतम खुद्रा मुल्य ३ हजार ५ सय रुपैयाँमा उक्त औषधी विक्री वितरण गर्ने सुचना सार्वजनिक गरेको छ ।
कम्पनिको सुचना अनुसार नेश्नलललाई मात्रै यो औषधी विक्री वितरण गर्न विभागले अनुमति दिएको छ । एउटा कम्पनिले मात्रै यस्ता औषधी विक्री वितरण गर्न र उत्पादन गर्न पाउने सरकारी व्यवस्थाले सिन्डिकेट लादिने विश्लेषकहरु बताउँछन् ।
कम्पनिका अनुसार नेश्नल हेल्थ केयर प्रा.लीले गत वैशाख १३ गते नै उत्पादनको अनुमति पाएको थियो । उत्पादनको लाइसेन्स पाएको नेश्नल हेल्थ केयरलाई नै औषधी व्यवस्था विभागले हिजो आइतबार मार्केटिङको लाइसेन्स दिएको हो ।