भोकाको पेट भर्दै आएका हाम्रो टिम नेपालका १८ जना पक्राउ

दियो पोस्ट  

काठमाडौं, १४ असार । निषेधाज्ञाको समयमा विपन्नलाई खाना खुवाउँदै आएको हाम्रो टिम नेपालका अभियन्ता विमल पन्तसहित १८ जना सोमबार पक्राउ परेका छन् ।

प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिई प्रहरी वृत्त सिंहदरबारमा राखेको छ ।

अनामनगरमा हाम्रो टिम नेपालले प्रयोग गरेको टहरा खाली गराउने क्रममा अवरोध गरेकाले नियन्त्रणमा लिएको काठमाडौंका प्रहरीले जानएको छ ।

काठमाडौं महानगरपालिकाको जग्गामा बनेको टहरा लकडाउनअघिदेखि हाम्रो टिम नेपालले प्रयोग गर्दै आइरहेको थियो ।

त्यहाँ पार्क बनाउने भनी महानगरपालिकाले खाली गराउन खोजेको थियो । तर हाम्रो टिम नेपालका अभियन्ताले अवरोध गरेपछि नियन्त्रणमा लिएको प्रहरीको भनाइ छ ।