धादिङ, १५ असार । नेकपा माओवादी केन्द्र धादिङका युवा नेता दीपक विश्वकर्माले आफ्नो जन्मदिनको उपलक्षमा अनाथ छात्रा विनिता इटनीलाई शैक्षिक सामग्री हस्तान्तरण गरेका छन् ।
सिद्धलेक गाउपालीका–२ सुन्दरपानीको नलाङ आवासीय विद्यालयमा कक्षा ८ मा अध्ययनरत बिनिताको आमा विन्दा विश्वकर्माको केही वर्षअघि निधन भएको थियो ।
गाउँकै स्थानिय ब्राम्हण समुदायका छत्र बहादुर इटनीसँग प्रेम सम्बन्धका कारण जन्मिएकी विनितालाई बुवाले अस्विकार गरेका थिए । आमाको निधनपछि मामवलीस्थित ७५ वर्षिय हजुरआमासँगै रहेकी विनिताको हेरचाहा उनै बृद्धले गर्दै आएकी छिन् ।
युवा नेता विश्वकर्मासहितका नेताहरुकै पहलमा विन्दा र छत्र बहादुरबीच अन्तर्जातिय विवाह समेत भएको थियो । धादिङ अस्पतालमा छोरी जन्मिएपछि केही समय विन्दासँगै रहेका छत्रबहादुरले विन्दालाई छाडेर हिँडेका थिए ।
श्रीमानले समेत छाडेपछि विन्दाको विचल्ली भएको थियो । केही वर्षअघि उनको निधन भएपछि छोरी विनितालाई मामावलीकै घरमा राखेर हेरचाहा गरिँदै आएको थियो ।
युवा नेता विश्वकर्माले प्रकाश अर्यालको मार्फत शैक्षिक सामग्री र नगद हस्तान्तरण गरेका हुन् ।