काठमाडौं, १५ असार । हरेक वर्ष मनाइने धान दिवस विभिन्न कारणले चर्चा र विवादमा आउने गरेको छ । गमलामा धान रोप्ने कृषीमन्त्री हरिबोल गजुरेलदेखि महिलामाथि अश्लिल हर्कत गर्ते अर्का कृषी मन्त्री हरि पराजुलीसम्म विवादमा आए ।
यस वर्षको धान दिवसमा पनि एउटा तस्विर भाइरल बनेको छ । प्रधानमन्त्री केपी शर्मा ओली निकट युवा संघ नेपालले भक्तपुरमा आयोजना गरेको रोपाइँ महोत्सवमा एमाले नेता एवम् पूर्वपरराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, महेश बस्नेत लगायत नेता, कार्यकर्ता सहभागी थिए । रोपाइँमा सहभागीले आपसमा हिलो छ्याछ्यापसँगै नाचगान गरी रमाइलोसमेत गरेका थिए । ज्ञवालीसहितका नेता पुगेपछि सञ्चारकर्मीको समेत बाक्लो भिड लागेको थियो ।
सोही कार्यक्रममा भएको एउटा तस्विर यतिबेला सामाजिक सञ्जालमा भाइरल बनेको छ । तस्विरमा एक युवती हिलोमा डुवेकी छिन् । अर्का युवा उनको हात समाउँदै हिलोमै मुस्कुराइ रहेको छ । आधा शरिर हिलोमा डुबेपनि उनीहरुको मुस्कानले सबैको ध्यान तानेको हुनुपर्छ । त्यतिनै बेला खिचेको यो तस्विरले यतिबेला सामाजिक सञ्जालमा निकै चर्चा पाएको छ ।
तर, तस्विरमा देखिएकी ती युवती को हुन् भन्ने सबैलाई जिज्ञासा हुनसक्छ । उनी हुन् रेस्लर अस्मिता सुनार जुरेली । उनी एमाले नेता महेश बस्नेत निकट पात्र हुन् । बस्नेतकै योजनामा निर्वाचन आयोगमा दर्ता भएको भएको नेकपा एमाले उनलाई वागमति प्रदेशको सचिवको रुपमा नियुक्त गरिएको थियो ।
मोडलिङ पृष्ठभूमिबाट आएकी अस्मिताले आधा दर्जन भन्दा म्युजिक भिडियोमा अभिनय गरेकी छिन् ।
अर्का युवा भने इन्द्रेणी कार्यक्रमका कलाकार भएको स्रोतले जनाएको छ ।